AArya
RUMPUM
animated ellipse animated ellipse

जागरण अभियानमा एमाले विराटनगरद्वारा सरसफाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ चैत्र २०८१, आईतवार १७:४८
36
Shares
विराटनगर / नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत आज सरसफाई कार्यक्रम गरेको छ ।

विराटनगरको तीनपैनीमा भेला भएका एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापालगायतका नेताहरुको सहभागितामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको समेत उपस्थिती थियो ।

सरसफाई कार्यक्रम महानगरपालिकाको कार्यालय अघि पुगेर सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरका अध्यक्ष रोहित कोइरालाले पछिल्लो समय राजावादीको नाममा भइरहेका गतिविधि स्वीकार्य नहुने बताए।उनले निकै ठूलो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्था भन्दा उत्तम ब्यवस्था अरु केहि हुनै नसक्ने भन्दै मरिसकेको राजतन्त्र ब्यूताउँने असफल प्रयासका साथ देशमा अशान्ति फैलाउन चाहनेहरुलाई परास्त गरि छाड्ने बताए। ‘देशमा अशान्ति मच्चाउने खोज्ने, मण्डलेहरु र अराजक झुण्डहरुलाई बेलैमा सच्चिन सुझाव छ’, उहाँले भन्नुभयो,‘नत्र टाउको उठाउन नसक्ने दिन आउँछ ।’

त्यस्तै , एमाले कोशी प्रदेश कमिटी सदस्य तथा विराटनगर महानगरपालिका इन्चार्ज पर्शुराम बस्नेतले जागरण अभियान मार्फत एमाले जनताको घरदैलोमा पुगेर गणतन्त्रको महत्वको विषय सन्देश प्रवाह गरिरहेको बताए। बस्नेतले राजनीतिक गतिवधिसँगै रचनात्मक गतिवधिलाई समेत एमालेले जिम्मेवार ढंगले अघि बढाउने प्रतिवद्धता समेत प्रकट गरे ।

कार्यक्रममा महानगरका सचिव बलराम गिरीले एमाले रचनात्मक कृयाकलापका साथ जनताको घरहरुमा पुग्दै गइरहेको बताए। उनले सोमबार दिउँसो १ बजे जनआन्दोलन चोकमा हुने जागरणसभामा हजारौंको सभागिता हुने गरि तयारी गरिएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर