एआईएफएफमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल््लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो । तेस्रो पक्षको हस्तक्षेप भएपछि फिफाले यही अगष्ट महिनाको सुरुमै निलम्बनको चेतावनी दिएको थियो ।
भारतको सर्वाेच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो । फिफाले अदालतको आदेश हटे निलम्बन फुकुवा गर्ने छ । भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन ।
फिफाले प्रतिबन्ध लगाएसँगै छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत सहभागि नहुने निश्चित भएको छ ।
महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै लामो समयपछि साफका सातै टिमको सहभागितामा प्रतियोगिता हुन लागेको थियो ।
सन २०१० देखि सुरु भएको महिला क्षेत्रीय प्रतियोगिता अहिलेसम्म भारतबाहेक अन्य देशले जित्न सकेका छैनन् । पाँचमध्ये चारपल्ट फाइनलमा उसले नेपाललाई पराजित गरेको थियो ।
२०७५ चैतमा प्रदेश १ को राजधानी विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपको पाँचौ संस्करण फाइनलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै उपाधि जितेको थियो ।
भारतमा हुने यू–१७ महिला विश्वकपलाई महिला विश्वकप समेत आयोजना नहुने भएको छ । यू–१७ महिला विश्वकप आगामी अक्टुबर ११ देखि ३० सम्म हुने तालिका छ ।
तपाईको प्रतिक्रिया