AArya
RUMPUM
animated ellipse animated ellipse

सामाजिक विकास मन्त्री राईद्धारा राज्यमन्त्री तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०७८, बिहीबार १८:४४
3
Shares
विराटनगर / प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई अधिकार प्रत्यायोजन गरेका छन् ।

प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७८ अनुसार सामाजिक विकास मन्त्री राईले आज आफूलाई प्राप्त अधिकार मध्ये महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, असहाय र अशक्त, गैरसरकारी संघ संस्था, समाज कल्याण, सामाजिक सुरक्षा र संरक्षण, गरिवीनिवारण, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसार पसार सम्बन्धि प्रादेशिकनीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, नियमन, अनुगमन तथा मूल्यांकन सम्मका अधिकारहरु सामाजिक विकास राज्य मन्त्री तुम्बाहाम्फेलाई प्रत्यायोजन गरेका हुन् ।

मन्त्री राईद्धारा आफुलाई प्रत्यायोजित अधिकार प्रयोग गर्न राज्य मन्त्रीको जिम्मेवारी र कर्तव्य हुने राज्य मन्त्री तुम्बाहाम्फेले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर