AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ओलीका काम संविधान विपरित छन् : नेता आचार्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७७, सोमबार १९:३६
351
Shares
विराटनगर /नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्लो निर्णय संविधान विपरित रहेको बताएका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन पछि प्रधानमन्त्री ओलीले गरेका हरेक निर्णय संविधान विपरित रहेको उनको भनाई छ । सरकारको असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरुद्ध नेपाली काँग्रेस मोरङले आज विराटनगरमा गरेको विरोधसभामा नेता आचार्यले सो कुरा बताएका हुन् । उनले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गरे ।

नेता आचार्यले जनता नै सबै भन्दा ठूलो अदालत भएको बताए । जनता माझ सरकारका असंवैधानिक कदमहरु मुद्दाको रुपमा लैजाने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्धमा नेपाली काँग्रेस एक्लै सडक संघर्ष आचार्यले बताए । प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्च अदालतमा बहस भइरहेकोले न्यायलयले संविधानको मर्म एवं भावना अनुसार फैसला सुनाउने कुरामा आँफु विश्वस्त रहेको नेता आचार्यले बताए ।

नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य अमृत अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा आम नागरिक पनि स्वःस्फूर्त रुपमा विरोधमा उत्रिएको प्रसङ्ग उल्लेख गर्दै संविधानको वैधानिक संरचनाहरु संरक्षण गर्न सरकार चुकेको बताए । उनले संवैधानिक अङ्गहरुलाई सरकारले कब्जा गरेर संविधान विपरीत कार्य गरिरहेको चर्चा गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्न नेपाली काङ्ग्रेस आफ्नै बलमा गर्न सक्षम रहेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पवन सारडा, नेपाली काङ्ग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू र पार्टीका उपसभापति शिवनारायण गनगाँई र बुद्धिजीवीको तर्फबाट इन्दिार प्रसाँईले सरकार संविधानको भावना अनुसार काम नगरेको आरोप लगाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर