RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका सभामुख विष्टले लिए शपथ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ पुष २०८०, मंगलवार १८:२०
216
Shares
विराटनगर / कोशी प्रदेशका नव निर्वाचित सभामुख अम्बरबहादुर विष्टले आज  शपथ गरेका छन् ।
सभामुख विष्टलाई प्रदेश प्रमुख खापुङ्गले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा एक विशेष समारोह वीच पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
प्रदेश सभाबाट निर्वाचित सभामुख विष्ट प्रदेश सभाको नियमावली –२०७४ को नियम ८ वमोजिम शपथ ग्रहण गराइएको हो । शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री केदार कार्की, निवर्तमान र पूर्वमुख्यमन्त्रीहरु क्रमशः हिक्मतकुमार कार्की, उद्धव थापा र राजेन्द्र राई, पूर्व सभामुखहरु , प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, सुरक्षा निकायका प्रदेश प्रमुखहरु  र विभिन्न राजनैतिक दलका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यस अघि आज बसेको प्रदेश सभाको वैठकमा प्रदेश सभा नियवाली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ वमोजिम भएको निर्वाचनमा गठबन्धन दल र नेकपा एमालेको सहमतीमा सभामुख विष्ट निर्विरोध निर्वाचित भएका थिए । विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट प्रदेश सभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर