पूर्वाञ्चल खबर
गिरीले आज विद्यालयले गरेको एक कार्यक्रमका ४५ हजार रकम बराबरको पंखा वितरण गरेका हुन् ।
विराटनगरलगायत तराईका ठाउँमा केहि साता अत्याधिक गर्मि बढेसंगै विद्यालयहरु केहिदिन विदा गरिएको थियो । विराटनगर १८ मा रहेको श्री जनक आधारभुत विद्यालयका विद्यार्थीहरु विना पंखा अत्याधिक गर्मि सहेर अध्ययन गर्दे आइरहेका थिए ।
विद्यालयको कुनै पनि कक्षा कोठामा पंखा नभएका कारण विद्यालयले विहानको कक्षा संचालन गर्दे आइरहेको थियो । विद्यालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेशका साँसद अमृत अर्याल र समाजसेवी अभिषेक गिरीले संयुक्त रुपमा विद्यालयलाइ पंखा वितरण गरेका थिए ।
साँसद अर्यालले विराटनगर १८ मा मावि विद्यालय नभएको र मावि विद्यालय बनाउन आफु लागिरहेको बताएका छन् । साथै उनले पछिल्लो समय गिरीले समाजका लागि राम्रा कार्य गर्दे आइरहेको र समाजसेवामा लाग्न आफुले संधै प्रेरित गरिरहेने बताए ।
विद्यालय वा अन्य कुनै पनि क्षेत्रमा आफुले सहयोग गर्नु पर्ने भए आफु तयार रहेको गिरीले बताए । उनले समाजसेवामा आफु लागिरहेको र आफुले समाजका लागि राम्रो कार्य गर्दे अगाडि बढ्ने बताए ।