AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज २८८ जना कोरोना संक्रमणमुक्त, थपिए अहिले सम्मकै उच्च १,२०६ संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ जेष्ठ २०७८, मंगलवार १८:४८
1.01k
Shares
विराटनगर / प्रदेश १ मा आज १२०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

संक्रमितको संख्या ४६ हजार ५६९ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ३४८ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १४ हजार ५४१ पुगेको छ ।

प्रदेश १ मा २ हजार ४५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १२०६ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जस्मा ५ सय महिला र ७०६ पुरुष रहेका छन् ।

मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा महिला ११४ र पुरुष १८५ सहित २९९, सुन्दरहरैचामा ३८, लेटाङमा ३७, रतुवामाईमा १९, सुनबर्षी र कानेपोखरीमा १२–१२, कटहरीमा ११, बेलबारीमा ९, उर्लाबारीमा ६, पथरीशनिश्चरेमा ४, रंगेली र जहदामा ३–३, मिक्लाजुङ, धनपालथान, केराबारी, ग्रामथान र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ ।

उता सुनसरीको धरानमा १०६, इटहरीमा १ सय, बर्जुमा ३५, इनरुवामा २८, गढीमा ९, दुहवीमा ८, देवानगञ्जमा ५, बराहक्षेत्र, भोक्राहानरसिंह ४–४, हरिनगर र कोशी गाउँपालिकामा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ५, झापाको विर्तामोडमा ७१, भद्रपुरमा ४६, दमकमा २९, कनकाईमा २५, अर्जुनधारामा २०, मेचीनगरमा १८, हल्दिबारीमा १५, बुद्धशान्तिमा १२, शिवसताक्षी र कचनकवलमा ७–७, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्ज र गौरादहमा २–२, बा¥हदशी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, छथरमा १५, महालक्ष्मी, शहिदभूमी र पाख्रिवासमा १–१ र स्थानीय तह नखुलेका २, ते¥हथुमको आठराईमा २६, इलामको इलाम नगरपालिकामा २४, चुलाचुली, माईजोगमाई र फाकफोकथुम १–१, उदयपुरको कटारीमा १६, चौदण्डीगढी र त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङमा ३ र श्रीजंगामा १, भोजपुरको हतुवागढी र भोजपुरमा १–१, पाँचथरको हिलिहाङ र फिदिममा १–१, खोटाङको बराहपोखरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर