animated ellipse animated ellipse

विराटनगरमा २१ वर्षीया सुष्मा रायको रहस्यमय मृत्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ श्रावण २०८०, आईतवार ११:२४
7.44k
Shares
विराटनगर / विराटनगर १२ स्थित गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ ।

माइती पक्षले श्रीमान २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् ।

सुष्मा र सुरजको चार वर्ष अगाडी प्रेम विवाह भएको हो । सुष्माको माइती घर विराटनगर १२ सैनिक टोलमा रहेको छ । उनीहरूको ३ वर्षको छोरी र ६ महिनाको छोरा रहेको छ । हिजो दिउँसोदेखि सुष्मा र सुरजको झगडा भएको थियो । झगडा भएपछि सुष्माको हात पनि कचियाले काटिएको थियो । झगडा भएपछि उनी माइती घर सैनिक टोल पनि पुगेको दाजु मुकेशकुमार रायले बताए ।

‘हामीले सम्झाइ बुझाइ गरेपछि भतिजी सुष्मा घर गएकी थिइन् । आज विहान २ बजे सुष्माले आत्महत्या गरेको भनेर बखर आयो । त्यसपछि हामी घरमा आइपुग्दा सुष्माको शव खाटमा राखिएको थियो,’ दाजु मुकेशले भने, ‘झुन्डिएको भनिएको भतिजीलाई डोरी खोलेर श्रीमानले हस्पिटल पनि लगेको छैन । यदि आत्महत्या नै गरेको थियो भने पनि डोरी खोलेपछि हस्पिटल लानुपर्ने थियो । किन लगिएन ? ।’

झुन्डिएको ठाउँमा खाट रहेको छ । ‘खाट रहेको ठाउँदेखि माथि बास रहेको छ,’ उनले भने, ‘झुन्डिए पनि खुट्टाले खाट भेटिन्छ ।’ सुष्माको आत्महत्या नभएर योजनाबद्ध तरिकाले हत्या भएको माइती पक्षको आरोप छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखाका प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डिएसपी विजय श्रेष्ठको नेतृत्वको टोली पुगेर घटना मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘अहिले घटनाको अनुसन्धान सुरु भएको छ ,’ उनले भने, ‘पोस्टमार्टम रिपोटपछि थप विषय खुल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर