AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० आश्विन २०८३, शनिबार १४:०५
3
Shares
विराटनगर/ कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ।

कोशी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा आगामी असोज २२ र २३ गते सम्मेलन हुन लागेको हो। कोशी प्रदेश सरकारले सम्मेलनको आवश्यक तयारी सुरु गरेको जानकारी दिएको छ। प्रदेशमा देखिएका समस्या र संघीयतालाई बलियो बनाउनका लागि अपनाउनुपर्ने विषयहरूमा मुख्यमन्त्री सम्मेलनमा छलफल हुनेछ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौती र असल अभ्यासहरूका बारेमा छलफल गरी प्रदेशमा आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्नका लागि मुख्यमन्त्री सम्मेलन आयोजना गरिन लागिएको बताए । कोशी प्रदेश योजना आयोगलाई मुख्यमन्त्री सम्मेलनको आवश्यक तयारी र समन्वय गर्न जिम्मेवारी दिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका उत्पादनलाई अन्य प्रदेशमा लैजान या अन्य प्रदेशका उत्पादनलाई कोशी प्रदेशमा ल्याउन र व्यापार प्रवर्धन गर्न समझदारीहरु गरिने बताए। पर्यटन प्रवर्द्धनका सम्भावनाहरू का विषयमा पनि दुई प्रदेशहरूबीच साझेदारी र सहकार्य गर्ने तयारी समेत गरिएको छ।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय भइसकेको जानकारी दिँदै सम्मेलनमा योजना आयोगका उपाध्यक्षहरू, मुख्य न्यायाधिवक्ता र सरकारी अधिकारीहरू सहभागी हुने बताए।

कार्यक्रमको तयारीका लागि आवश्यक समिति र कार्यविभाजन समेत गरेर कोशी प्रदेश योजना आयोगले काम सुरु गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर