विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै डा.कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । उनले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक र राष्ट्रका धरोहर भएको बताए । “राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्बद्र्धन गर्नु राज्यको दायित्व हो,” कोइरालाले भने, “धर्म र संस्कृतिको संरक्षणमा म संसदमा खरो रुपमा उत्रिनेछु ।” डा. कोइरालाले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने बताए ।
तपाईको प्रतिक्रिया