AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मनोनयन दर्ताकै दिन धरान कांग्रेसका दुई वडाध्यक्ष राप्रपामा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ बैशाख २०७९, सोमबार १७:३९
396
Shares
धरान / मनोनयन दर्ताको अन्तिम दिन बैशाख १२ गते नै नेपाली कांग्रेस धरानमा ठूलो झड्का लागेको छ ।

धरान–१४ का वडाबाट नेपाली कांग्रेसबाट सानदार मत ल्याएर विजयी वहालवाला वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्तासहित राप्रपामा प्रवेश गरेका छन् । यस्तै १ का वडाका वडाध्यक्ष रोशन अधिकारीसहित करिव दुई सय कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् ।

कांग्रेसबाट फेरी वडाध्यक्षमा टिकट प्रायः निश्चित भएर सोमबार नै वडाध्यक्षबाट राजीनामा दिएका भट्टराई र अधिकारीलाई एकाएक आज टिकट नदिए पछि कांग्रेस छाडेर राप्रपामा प्रवेश गरेका हुन् । उनीहरुसहित वडाका दर्जनौ कार्यकर्ताहरुले पार्टी छाडेका छन् । १४ मा वडामा कांग्रेसले स्थानीय श्याम श्रेष्ठलाई टिकट दिएर पछि असन्तृष्ट पक्षले पार्टी छाडेका हुन् । १ मा वडामा कांग्रेसबाट द्वारिका आचार्यलाई टिकट दिएको छ ।

धरान–१ वाट नगर सभा सदस्य विवेक प्रसाईसहित नगर सदस्य तथा पार्टीका क्रियाशिल सदस्यहरुले कांग्रेस छाडेर राप्रपा गएका छन् । करिव २ सय जना आफुसँगै राप्रपामा गएको रोसनले बताए । उनीहरु दुवैले पुन वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

‘पार्टीले अन्याय ग¥यो । मेरो लोकप्रियता र विगतमा वडाध्यक्ष भएर गरेको कामको प्रभावले राप्रपाले पुन अध्यक्ष बनाउने प्रस्ताव ल्यायो । त्यही भएर हामी वडाका सबै कांग्रेसका साथीहरु राप्रपामा प्रवेश ग¥यौं ।’– भट्टराईले भने–‘एकिन संख्या हिसाव गर्न पाएको छैन् । धेरै साथीहरु मसँग हुनुहुन्छ । मनोनयन दर्ता पछि हामी सबै साथीहरुसँग सल्लाहा गरेर घोषणा कार्यक्रम गछौं ।’

यस्तै ६ नं. वडाबाट भूपेन्द्र भट्टराईले टिकट नपाए पछि स्वतन्त्रा उम्मेद्वारी दिएका छन् । पार्टीले वडाध्यक्षमा कृष्णकुमार राईलाई टिकट दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर