AArya
RUMPUM
animated ellipse animated ellipse

धामी बसी झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ कार्तिक २०७८, मंगलवार १५:०१
1.26k
Shares
ईलाम / ईलाम देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखि बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटि गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भईरहेको ईलाम प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर