AArya
animated ellipse animated ellipse

विराटनगरमा २ सय २५ सहित प्रदेश १ मा आजसम्मकै उच्च ६ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ आश्विन २०७७, बिहीबार १७:३०
945
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ को राजधानी विराटनगर सहित प्रदेशमा आज ६ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । यसअघि प्रदेश १ मा सवै भन्दा धेरै असोज २४ गते ५ सय ५२ जनामा संक्रमण देखिएको थियो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २ सय ६९ पुगेको छ ।

सवैभन्दा बढी मोरङमा ३ सय २६, सुनसरीमा २ सय ९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङमा २/२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २ सय २५ जनामा संक्रमण देखिएको । संक्रमण देखिएकामा १ सय महिला र १ सय २५ पुरुष रहेका छन् । त्यस्तै सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३/१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २/२, केराबारी र उर्लाबारीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा १ सय ३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४/४, बर्जु, रामधुनी र गढीमा ३–३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको देउमाई र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा आज ३ सय २६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३ सय ४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय ३९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर