AArya
RUMPUM
animated ellipse animated ellipse

डा. शेखर कोइरालाका लागि ‘ब्याटल ग्राउण्ड’ बन्दै मोरङ क्षेत्र नम्बर–६ को निर्वाचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७८, मंगलवार ११:०५
3
Shares
फाइल तस्वीर
विराटनगर/ रमेशजंग रायमाझी र डिला संग्रौलाका हस्तक्षेपकारी भूमिकाका कारण नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को चुनाव विवादित बन्न पुगेको छ। यस क्षेत्रमा आफ्नो उपस्थिति कमजोर भएपछि यी दुवैले मिलेर सोमबार तय गरिएको चुनाव मंगलबार सारेका छन्।

चुनाव मंगलबार १२ बजे तय गरिएको छ। तर, रोचक कुरा १५ मिनेटभित्र मनोनयन दर्ता गराएर चुनाव गराइहाल्ने रणनीतिमा उनीहरू लागेको स्थानीय भोटर बताउँछन्। चुनाव गराउने जिम्मेवारी केदार कार्कीलाई दिइएको छ।

अगाडि रायमाझी र संग्रौला देखिएपनि चुनाव रोक्ने डिजाइनमा डा. शेखर कोइराला रहेको श्रोतको भनाई छ। नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका डा. कोइरालाको पनि यो क्षेत्रमा उपस्थिति कमजोर हुँदै गएको छ। उनीविरूद्ध प्यानल बनाएर यसअघि चुनाव लड्दा प्रदेश सभा ‘ख’ तर्फ मधु तिवारी विजयी भएका थिए। यसै कारण डा. कोइराला आत्तिएको स्थानीयको बुझाई छ। ‘उहाँ नेपाली कांग्रेसमा कटिबद्ध मान्छेभन्दा पनि आफ्नो मान्छे खोज्दै हिँड्न थालेपछि यस्तो अवस्था बनेको हो,’ मोरङ कांग्रेसका एक नेताले भने। आफ्नो उपस्थितिलाई मजबुत बनाउन कोइरालाले विजय गच्छद्धारसँग हात मिलाएको चर्चा पनि यहाँ चलिरहेको छ।

गच्छद्धार प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। गच्छद्धारका छोरा सुवास पनि थारु कोटामा यही क्षेत्रबाट चुनाव लडिरहेका छन्।

‘आफ्ना ४–५ जना प्रतिनिधिलाई प्यानलबाट उठाएर जिताउने र अरुको हकमा क्रस भोट गराउने रणनीतिमा उहाँहरू हुनुहुन्छ,’ एक प्रतिनिधिले बताए, ‘नोमिनेशनको दिन वार्ता गर्ने भनेर उहाँहरू आउनु भएको थियो। यसले नै उहाँहरूको नियत प्रष्ट पार्छ। हामी बाँडिएका छैनौं। एक ढिक्का भएर मत हाल्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर