खबर पूर्वाञ्चल
कलेजले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।
पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति डा.यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे । यसरी दीक्षित हुनेहरूमा बीआइएमबाट २६ जना, बीसिएबाट २२ जना, बीएससि सिएसआइटिबाट ११ जना गरि ५९ जना विद्यार्थीहरू दीक्षित गरिएको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । उनका अनुसार दीक्षित भएका विद्यार्थीहरू २०७५ ब्याजका विद्यार्थीहरू रहेको बताए ।
हिमालय दर्शन कलेजमा बीआइएम, बीसिए, बीएससि सिएसआइटि, बीबीएस र बीएचएम कोर्ष पढाइ हुने गरेको छ । विभिन्न पाँच वटा फ्याकल्टी पढाइ हुने उक्त कलेजमा करिब ७ सय बढी विद्यार्थीहरु अध्ययरत रहेको कलेजले जनाएको छ ।
दीक्षित कार्यक्रममा बिद्यार्थीहरू सीमरन साह, रन्जना पौडल र प्रशंशा लुइँटेल विद्यार्थीहरुले अध्ययनको क्रममा भएको अनुभूतिहरु सुनाएका थिए ।
सोही अवसरमा कलेजले आयोजना गरेको स्पोर्टस् मिटमा बिजेता हुने विद्यार्थीहरुलाई पुरस्कार पनि बितरण गरिएको थियो । विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र कलेजका निर्देशक शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खड्का, लक्ष्मण ढकाल र अध्यक्ष डा. पिके झाले बितरण गरे ।
तपाईको प्रतिक्रिया