RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरका मेयर कोइराला अमेरिका प्रस्थान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०८०, मंगलवार १७:२६
432
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

यही असोज १३ गतेदेखि अमेरिकाको टेक्सासमा हुने सेमिनारमा सहभागी हुनका लागि मेयर कोइराला आज अमेरिका प्रस्थान गरेका हुन् । मेयर कोइरालालाई उपमेयर शिल्पा निराला कार्कीले विदाई गरिन्।

नेपाल नगरपालिका संघको समन्वयमा संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) को आयोजनामा हुने सेमिनारमा नेपालबाट मेयर कोइरालाले सहभागिता जनाउनुहुनेछ ।

सेमिनारमा करिब ४० देशका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

सेमिनारमा स्थानीय सरकारका समसामयिक विषय तथा मुद्दाहरुमाथि छलफल हुनेछ । सेमिनारमा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए। मेयर कोइराला अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा समेत सहभागिता जनाउने कार्यतालिका रहेको नवोदितले बताए।

न्यूयोर्क सिटी र वासिङ्टन डिसीका मेयरसित भेटघाटको कार्यक्रम तय भएको प्रेस सल्लाहकार नवोदितले जानकारी दिए। साथै नेपाली समुदायहरुसित छलफल गरी विराटनगरमा लगानी भित्र्याउनका लागिसमेत मेयर कोइरालाले पहल गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर