RUMPUM
animated ellipse animated ellipse

बोक्सीको आरोपमा एक महिलालाई चार जनाले कुटपिट, जाहेरी दिँदा प्रहरीले वेवास्ता गरेको पीडितको आरोप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ कार्तिक २०७८, बिहीबार १८:४८
1.03k
Shares
विराटनगर/ एकै परिवारको चार जनाले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको विराटनगरकी एक जना महिलाले बताएकी छिन् । विराटनगर–८ मा ५४ वर्षिय एक महिलालाई बोक्सीको आरोप लगाउँदै चार जना पुरुष मिलेर कुटपिट गरेको पीडित महिलाले विराटनगरमा आज पत्रकार सम्मेलन गरि जानकारी गराएकी हुन् ।

विराटनगर ८ का ३५ वर्षिय मुस्तकिम मियाँ, ३० वर्षिय सगिर मियाँ, २८ वर्षिय कविर मियाँ र ५५ वर्षिय विबुल मियाँले महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको ती महिलाको भनाई छ । यसरी परिवार मिलेर कुटपिट गर्दा पनि चार जनालाई प्रतिवादी बनाएर पिडकविरुद्ध मोरङ प्रहरीमा किटानी जाहेरी दिँदा पनि हालसम्म कुनै कारवाहीको प्रक्रिया अगाडी नबढेको ती महिलाले गुनासो गरेकी छिन् ।

गत असोज १९ गते बिहान ७ बजे महिलामाथि कुटपिट भएको पीडितको भनाई छ । घटना भएको १५ दिनपछि कार्तिक ५ गते मोरङ प्रहरीमा पीडित महिलाले हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । पाँच दिन अगाडी पठाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा पुगेको मोरङ प्रहरीका डिएसपी एवं प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । तर, हुलाकबाट जाहेरी गरेपनि पीडित सनाखतका लागि नगएका कारण कारवाही प्रक्रिया बढाउन नसकेको प्रवक्ता श्रेष्ठले बताए । ‘हुलाकमार्फत जाहेरी आएपछि घटनाक्रम बुझनको लागि हामीले पीडितलाई प्रहरी कार्यालयमा बोलाएका थियौ । एक पटक आएपछि पीडितको घाउ चेकजाँच पनि कोशी अस्पतालमा गरिएको थियो । त्यसपछि उहाँ सम्पर्कमा आउनुभएको छैन,’ डिएसपी श्रेष्ठले भने, ‘प्रहरी कार्यालयमा पीडितको जाहेरी दर्ता गर्दिन भन्ने कुरा नै हुदैन ।’ हुलाकबाट जाहेरी पठाएर अहिले विभिन्न बहाना बनाउने गरेका छन् । जाहेरी सनाखत गरेपछि मात्रै थप प्रक्रियामा अगाडी बढाउन सकिने प्रहरीले जनाएको छ ।

पीडितले भने पहुँचवाला पीडक भएका कारण प्रहरीले पक्राउ गरेर अनुसन्धानको प्रक्रियामा लैजान आनाकानी गर्दै आएको आरोप लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर