खबर पूर्वाञ्चल
नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट नजिकै रहेको राम अवतार मोटर्स ग्यारेजमा ना ४ ख ७१६६ नम्बरको खालीे ट्याङकर विष्फोट भएको हो । ट्याङकर विष्फोट हुँदा ट्याङकरको पछाडीको भागमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
बेलुका ठूलो आवाजमा बिष्फोटका कारण नजिकै रहेका वस्तीका घरहरु भूकम्पले हल्लाए झैं हल्लिएको थियो । ट्याङकर विष्फोट हुँदा छेउछाउका घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
ट्यांकर बिष्फोट हुँदा ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएका थिए । बिष्फोट पछि स्थानीय त्रसित भएका छन् । ट्यांकरमा इन्धन नभएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया