पूर्वाञ्चल खबर

७३ रनको लक्ष्य पछ्याएको अर्किडले ७ दशमलव ३ बलमा १ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले सर्वाधिक ५० रनको योगदान दिए । डिएभीका केशव झाले १ विकेट लिए ।
दोस्रो खेलमा न्यू मून स्कुलले अरनिको स्कुललाई ५८ रनले पराजित गरि अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ४६ रन बनाएको थियो । न्यूमूनकालागि इस्तियाक आलमले सर्वाधिक ३६ रनको योगदान दिए । अरनिकोका साजन यादवले २ विकेट लिए ।
१ सय ४७ रनको लक्ष्य पछ्याएको अरनिकोले १७ दशमलव १ बलमा सवै विकेट गुमाई ८८ रनमा सिमित भयो । अरनिकोका प्रिन्स मेहताले सर्वाधिक २६ रनको योगदान दिए । न्यू मूनका प्लेयर अफ म्याच समिर आलमले–३ विकेट लिए ।