खबर पूर्वाञ्चल
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा झापा जिल्लालाई ३ विकेटले हराउँदै आयोजक फाइलनमा पुगेको हो ।
आयोजक मिल्स क्रिकेट क्लब अपराजित हुँदै फाइलनको यात्रा सुरक्षित गरेको छ । आयोजकले दुई खेलबाट चार अंक जोड्यो । झापाले समान खेलबाट दुई अंक बटुल्दै प्रतियोगिताबाट बाहिरियो ।
यसअघि रनरेटको आधारमा मोरङ फाइलनमा पुगिसकेको छ । उपाधिको लागि शनिबार आयोजक र घरेलु टिम प्रतिस्पर्धा गर्नेछ ।
झापाले दिएको ११० रनको लक्ष्य आयोजकले १९ दशमलव ३ बलमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । जितका लागि आयोजकका मुकुन्द यादवले सर्वाधिक ३९ रन बनाए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भएर नगद २ हजार पाँच सय रुपैयाँ हात पारे । झापाका आयुष न्यौपाने र विजय कार्कीले समान २–२ विकेट लिए ।
यसअघि निधाृीरत २० ओभरमा सवै विकेट गुमाई झापाले १०९ रनको योगफल बनाएको थियो । झापाका भुपेश गौतमले ३२ रन बनाउँदा दिपु भुजेलले २५ रनको योगदान दिए ।
आयोजकका कृष कामतले ३ विकेट लिँदा सुधिर कामतले पनि ३ विकेट लिए ।
मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा भएको प्रतियोगितामा क्यानमा आवद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ द सिरिज हुने खेलाडीलाई १५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेको छ ।