AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको ग्रामथानबाट ३ लाख १३ हजार नगदसहित ४ जुवाडे पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०८२, शनिबार १७:२८
108
Shares
विराटनगर /मोरङको ग्रामथान गाउँपालिका–४ झुरीखोला छेउको बाँसझाङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद र जुवा खेल्ने सामग्रीसहित नियन्त्रणमा लिएको हो ।

शुक्रबार साँझ करिब ६ बजेको समयमा जुवाको खालमा छापा मार्दा ३ लाख १३ हजार रुपैयाँ नगद र १६ थान कौडा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ९डिएसपी० हरिनन्दन चौधरीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा सुनसरी, इटहरी उपमहानगरपालिका–९ बस्ने ५७ वर्षीय जय किशोर साह, भोजपुर घर भई हाल सुनसरी, धरान बस्ने ५६ वर्षीय हेमन्त राई, मोरङ, कटहरी गाउँपालिका–१ बस्ने ४२ वर्षीय सोनलाल राजवंशी र सुन्दरहरैंचा नगरपालिका–५ बस्ने ४७ वर्षीय इन्द्र आचार्य रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई आवश्यक थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको डिएसपी चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर