पूर्वाञ्चल खबर
शनिबार राति छापा मारेर विराटनगरस्थित मनोज राठीको घरबाट उनीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, बलराम खत्री, महेश राठी, बजरङ्ग राठी, शेरसिंह दुगड र विनीतलाल लालबनी रहेका छन्। पक्राउ परेकामध्ये शेरसिंह दुगड विराटनगर–२ का वडा सदस्य हुन्।
प्रहरीले उनीहरूको साथबाट झन्डै एक लाख रुपैयाँ बरामद गरेको जनाएको छ। तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले बताएको छ।