ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पोल स्टार स्कुलको २७ औं वार्षिकोत्सव तथा अभिभावक सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० फाल्गुन २०७९, बुधबार १७:१३
1.18k
Shares
विराटनगर / विराटनगर ३ पुष्पलाल चौकमा अवस्थित पोल स्टार सेकेण्डरी ईंग्लिश बोर्डिङ स्कुलमा आफ्नो २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।
देवेन्द्र बाराकोटीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरका मेयर नागेश कोइराला, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, सचिव असोक लामा, विद्यालयका प्रिन्सिपल गोपाल रिजाल, साहित्यकार पत्रकार तथा नेपाल प्रेस युनियन प्रदेश १ का अध्यक्ष मिनकुमार नवोदित, विराटनगर शिक्षा साखा प्रमुख कृष्णप्रसाद भट्टराई बोलेका थिए ।

कार्यक्रमकै अवसरमा पोलस्टारले गुणस्तरीय शिक्षामा जोड दिएको र देशका लागी मात्र नभएर अन्तराष्ट्रिय बजारमा समेत आफ्ना विद्यार्थीहरुलाई दक्ष सावित भएको विद्यालयका निर्देशक राजकुमार दंगालले बताए । उनले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको समेत र देशकै उत्कृष्ठ शैक्षिक संस्थाका रूपमा स्थापित गर्न लागिरहेको बताए ।

विद्यालयका अध्यक्ष बाह्रकोटीले एउटा तारमा सुर हाल्न तालिम र मिहेनतको जरुरी भएकोले उक्त दुबै कुरा पोल स्टारले दिदै आएको बताए । वास्तवमा पोल स्टारको मुख्य उद्देश्य नै स–साना नानीबाबुलाई ठूलो मानिस नभई असल नागरिक बनाउने रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद रिजालले पनि विद्यालयमा हाल भइरहेको गुणस्तरीय शिक्षाबारे चर्चा गर्दै आगामी दिनहरुमा अझै सहज र सुबिधायुक्त वातावरणमा शैक्षिक गुणस्तर बढाउदै लैजाने योजनाबारे रहेको बताए । उनले गुणस्तर बढाउदै लैजाने र विद्यालयलाई विराटनगरमात्र नभइ मोरङ र नेपालकै सर्वोकृस्ट विद्यालयहरुमध्ये नै बनाउने योजनाका साथ अघि बढ्ने कुरा बताए ।

२७औं वार्षिकोत्सव तथा अभिभावक दिवसकै अवसरमा विद्यालयमा १० बर्ष भन्दा माथि सेवा दिइरहेका शिक्षक तथा कर्मचारीहरुलाई समेत विद्यालयले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । उनीहरुलाईलाई विराटनगर महानगरका मेयर कोइराला तथा प्रिन्सिपल रिजालले सम्मान गरे ।

साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले स्थापना दिवस र अभिभावक दिवसकै अवसरमा नृत्य, गायन तथा नेपाली भेषभुषा झल्काउने सांस्कृतिक प्रदर्शनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर