खबर पूर्वाञ्चल
मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा सवै भन्दा बढी १७ जना, मोरङको बुढिगंगाका ४ जना, ग्रामथानका १ जना, धनपालधानका १ जना, रंगेलीका १ जना, सुन्दरहरैचाका १ जना, सुनवर्षीका १ जना र पथरी शनिश्चरेका १ जना रहेका छन् ।
उता सुनसरीका ६ जना, झापाका २ जना र प्रदेश २ का १२ जना रहेको प्रदेश सरकारको तथ्यांक छ । प्रदेश २ का संक्रमितको विराटनगर र धरानको अस्पतालमा मृत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।