पूर्वाञ्चल खबर
मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
सरकारमा दुवै दलबाट समान ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री सहभागी छन् ।
सरकारमा प्रदिपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले , सिंचाई तथा उर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून मन्त्रालय पाएका छन्
विदुरकुमार लिन्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बुले स्वास्थ्य मन्त्रालय, इस्राईल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री कार्कीले सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन र सत्तारुढ दलहरूबीचको सहकार्यलाई मजबुत बनाउन मन्त्रिपरिषद् पुनर्गठन गरेको बताएका छन् ।