RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मोरङ व्यापार संघ ट्रेड एक्पो २०२३ हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०८०, सोमबार १८:२८
405
Shares
विराटनगर/ मोरङ व्यापार संघले विराटनगरमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ ।

पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगर – २ शंकरपुरमा रहेको खाली मैदानमा ‘मोरङ व्यापार संघ ट्रेड एक्पो २०२३’अन्तर्राष्ट्रिस्तरको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

आज पत्रकार सम्मेलन गर्दै संघले आफ्नै नाममा एक्स्पो आयोजना गर्ने जनाएको हो । यस क्षेत्रको कृषि, पर्यटन , ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएका संघका अध्यक्ष नविन रिजालले बताए । अध्यक्ष रिजालले एक्स्पोमा भारत,बङ्गलादेश पाकिस्तानका उत्पादित वस्तुहरु एव उत्पादनकर्ताहरुको सहभागिता रहने छ ।
एक्स्पोमा सुदूरपश्चिम तथा दुर्गम क्षेत्रका कृषि तथा साना घरेलु उद्योगका उत्पादनका लागि निःशुल्क स्टल उपलव्ध गराउने सहित २५० बटा स्टल रहने अध्यक्ष रिजालले जानकारी दिए ।

एक्स्पोले अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय÷ अन्तर्राष्टि बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरुबीच व्यवसायिक सम्वन्ध र सहकार्य स्थापना , पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार लगायतका कार्य प्रवद्र्धन छ ।

तीन करोड ५० खर्च लाग्ने छ भने १५ करोडको व्यापारी कारोवार हुने विश्वास गरिएको एक्स्पोका संयोजक अनिल साहले जानकारी दिए ।

नेपाल र भारतका गरि चार लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने विश्वास गरिएको आयोजकले जनाएको छ । मोरङ व्यापार संघले विस २०५३ देखि एक्स्पोको आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर