AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पन्ध्रदिने घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ चैत्र २०७९, मंगलवार १७:५३
216
Shares
विराटनगर / विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो ।

तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, महानगरकी सामुदायिक शाखाकी प्रमुख अनिता कोइराला, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, गैरसरकारी संस्था मोरङका अध्यक्ष विष्णु शर्मा, समाजसेवी गणेशप्रसाद पोखरेल, आयोजक संस्थाका सल्लाहकार सुधीर रेग्मी, सचिव हीराकाजी श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गरेका थिए । समृद्धि नेपालकी उपाध्यक्ष सीता लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा राधिका खवासलाई उत्कृष्ट प्रशिक्षार्थीका रुपमा पुरस्कृत गरिएको थियो ।

सहभागीहरुलाई मालती आचार्य र मोहन आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागीका तर्फबाट चन्द्रकला उप्रेती, मीना दंगालले मन्तव्य व्यक्त गर्दै तालिम धेरै नै उपलब्धिमूलक भएको बताए । तालिममा २१ जना महिला सहभागी भएको आयोजक संस्थाकी सहसचिव सिर्जना खड्काले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर