animated ellipse animated ellipse

भेडेटारबाट सात क्वीन्टल गाँजासहित एक जनालाई पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० श्रावण २०८१, बुधबार १६:००
153
Shares
धनकुटा /साँगुरीगढी गाउँपालिका – ६ स्थित भेडेटार बजारबाट प्रहरीले सात क्वीन्टल बढी परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले अपरान्ह तीन बजे नियन्त्रणमा लिएको हो ।

ना ८ ख १२६८ नंबरको ट्रकमा तरकारीको बोरा भित्र लुएकार राखिएको गाँजा चेकजाँचको क्रममा भेडेटारबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका निमिक्त प्रमुख डिएसपी राजबाबु महर्जनले जानकारी दिए । ट्रक चालक धनकुटाको पाख्रिबास नगरपालिका १० का सुजन भनिने टंकबहादुर मगर र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । गत पाँच दिन अघि साउन २३ गते पनि धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रक चेकजाँचको क्रममा सोही स्थानबाट प्रहरीले १ सय ३५ केजी गाँजा नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर