RUMPUM
animated ellipse animated ellipse

राजस्व तथा लेखा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०८०, शनिबार १७:२८
117
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाको आयोजनामा स्थानीय तह संचित कोष व्यवस्थापनमा राजस्व तथा लेखा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले लेखा प्रणालीलाई चुस्तदुरुस्त बनाउन तालिम फलदायी हुने विश्वास व्यक्त गरिन् । त्यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महालेखा नियन्त्रक कार्यालयले राजस्व संकलन अब नेपाल सरकारको पोर्टलबाट गर्ने भएकाले कसरी गर्ने भनेर तालिममा व्यवहारिक र सैद्धान्तिक जानकारी दिइने बताए ।

उद्घाटन समारोहमा महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक प्रशासन महाशाखा प्रमुख संजीव भट्टराई, राजस्व महाशाखा प्रमुख सरोज गौतमलगायतले तालिमको उद्देश्य र महत्वका विषयमा अवगत गराए ।

तालिममा लेखा अधिकृत पुष्कर पौडेल, त्रिभुवन खनाल र उदय शर्माले सहजीकरण गर्ने महानगरका राजस्व महाशाखा प्रमुख गौतमले जानकारी दिए । आइतबारसम्म सञ्चालन हुने तालिममा राजस्व र लेखा शाखाका कर्मचारीसहित १९ वटै वडाका राजस्व संकलन गर्ने ४५ जना कर्मचारीको सहभागिता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर