मजदुर आन्दोलनबाट आएकोले मजदुरको समस्या बुझेको छु : पण्डित

खबर पूर्वाञ्चल, २० कार्तिक २०७९, आईतवार १६:४२
81
Shares
विराटनगर / नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले आफ्नो राजनीतिक यात्रा नै मजदुर आन्दोलनबाट सुरु गरेकाले मजदुरको समस्या बुझेको बताएका छन् ।

सुन्दरहरैंचा नगरस्तरीय मजदुर संगठन जिफन्टले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पण्डितले मजदुरको समस्यालाई यदि कसैले समाधान गर्छ भने एमालेले मात्र गर्न सक्ने बताए । ‘किसान र मजदुरको प्रतिनिधित्व गर्ने जिफन्ट मजबुद छ, जुन संगठन मेरो कोठाबाट सुरु भएको हो’, उनले भने, ‘मजदुरको पीडा नदी नियन्त्रणसँग जोडिएका कारण खोला नियन्त्रणमा करोडौं खर्च भएपनि अझै पुगेको छैन्, त्यसका लागि एमाले काम गर्छ ।’

गछिया खोला किनारमा भएको कार्यक्रममा नेता पण्डितले गछिया खोला नियन्त्रणको लागि आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । तटबन्धनसहितको योजना अघि सारिने बताउँदै उनले यसबाट जग्गा उकास पनि हुने र गरिबहरुलाई बसाउने गरी व्यवस्थापन पनि गरिने उल्लेख गरे ।

‘सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासलाई समाधान गर्न एमाले जहिले अघि बढ्छ, तहिले एमाले विरोधी जो सरकारमा आउँछ सबभन्दा पहिले सुकुम्बासी आयोगको घाँटी रेट्ने काम गर्छ’, उनले भने । गरिबको पक्षमा काम गर्न नदिनका लागि विरोधीले रोकेको उनले आरोप लगाए । सुकुम्वासी समस्या समाधानलाई प्राथमिकताका साथ एमालेले काम गर्ने उनले जिकिर गरे ।

विगतमा पनि न्यूनतम पारिश्रमिक निर्धारण र न्यूनतम दैनिकि रोजगारीको रेट तयार गर्ने भनेको एमाले नै भएको बताउँदै उनले अहिले पनि पनि एमाले मजदुरको पक्षमा, गरिबको पक्षमा, दुःखीको पक्षमार असायको पक्षमा निरन्तर लागिरहनेमा जोड दिए ।

सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने योजनामा एमाले रहेको उनले बताए । न्यूनतम तलब २५ हजार रूपैयाँभन्दा माथि पु¥याउनका लागि पनि आफू लागिपर्ने प्रतिबद्धता उनको छ । दुर्घटना विमालाई व्यवस्थित गर्नको लागि पनि आफ्नो पहल रहने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५