जेभियर्स स्कूलले गर्यो होम लर्निङ्ग मोड्युलू संचालन

खबर पूर्वाञ्चल, १८ बैशाख २०७७, बिहीबार २१:४५

विराटनगर / कोभिड १९ को महामारीबाट जोगिन विश्व मानव जगत अहिले घरभित्र सीमित भएको छ। लकडाउनले पठनपाठन ठप्प हुँदा विद्यार्थीको भविष्य अन्यौलमा रहेको यो कठिन परिस्थितिमा मोरङको बुढीगङ्गा २ टंकिसिनवारी रहेको जेभियर्स इन्ग्लिश स्कूल प्रविधिको प्रयोग गरी आफ्ना विद्यार्थीहरूका लागि घरैमा बसेर अध्ययन गर्ने गरि होम लर्निङ्ग मोड्युलू संचालन गरेको छ ।

मोड्युल अन्तर्गत हरेक दिन कक्षा नर्सरीदेखि कक्षा दस र एसर्इर्इ दिन बाँकी विद्यार्थीहरूले दैनिक पठनपाठन गर्दै आइरहेका छन् ।

विद्यार्थीहरुले आफूले सम्पन्न गरिसकेको कार्यहरु सोहि दिन शिक्षकरशिक्षिकाहरु सामु बुझाउने गर्दछन । शिक्षक र शिक्षिकाहरुले विहान ९ बजेदेखि बेलुका ५ बजेसम्ममा उनीहरुले बुझाएको कार्यहरु माथि उचित पृष्ठपोषण गर्दछन । यस्तो विषम परिस्थितिमा पनि विद्यार्थीहरुको पठनपाठन सुचारु गर्न आवस्यक देखिएकाले यो मोड्युल संचालन गरिएको कुरा विद्यालयका प्रधानाध्यापक परेश पोखरेलले बताए ।

लक डाउनको समयमा विद्यालयले नयाँ शैक्षिक सत्र २०७७ का लागि अनलाइन रजिस्ट्रेसन फारम खुल्ला गरिएको कुरा पनि उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५