पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४९३ जना संक्रमणमुक्त, थपिए ६९२ जनामा संक्रमण र २१ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, ३२ श्रावण २०७८, सोमबार १७:४८

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४९३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष रहेका छन् । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७–२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४–२४, कनकाईमा १६, बुद्धशान्तिमा १२, कचनकवल र बा¥हदशीमा ३–३, झापा गाउँपालिकामा २, गौरादह, हल्दिबारी र कमल गाउँपालिकामा १–१, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, इनरुवा र बराहक्षेत्रमा ५–५, गढी र देवानगञ्जमा २–२, रामधुनी, भोक्राहा नरसिंह र दुहवीमा १–१ जनामा संक्रमण देखिएको छ ।

यता मोरङको विराटनगरमा ३४, पथरीशनिश्चरेमा २२, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ५, मिक्लाजुङ, बेलबारी, धनपालथान र रतुवामाईमा २–२, लेटाङ, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१ मा जना संक्रमण देखिएको छ ।

उता धनकुटाको धनकुटा नगरपालिकामा ९, महालक्ष्मी र शहिदभूमीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र सुर्योदयमा २–२, मांसेबुङ र माईमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, साल्पासिलिछोमा १, ताप्लेजुङको फालेलुङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फाल्गुनन्द, खोटाङ, उदयपुरको चौदण्डीगढी, सोलुखुम्वुको नेचा सल्यान र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २१ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५