AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एनसीडिए कोशीको निर्वाचनमा अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एक ढिक्का

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०८१, मंगलवार १९:३५
171
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् ।

औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्षमा मोरङको विराटनगरबाट धनबहादुर काफ्ले र झापाबाट नगेन्द्रप्रसाद बरालको समूह चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

विराटनगरको एपोलो फार्मेसीको संचालक तथा यसअघि काफ्ले संघको खुद्रा उपाध्यक्ष रहेका काफ्ले समूहमा अनुभवी व्यवसायीहरु उठेका छन् । काफ्ले समूहबाट उम्मेदवारी दिएका व्यवसायीहरु अनुभवी र व्यवसायीहरुको हकहितमा काम गर्ने इच्छाशक्ति भएकोले उनीहरुको पक्षमा माहोल राम्रो देखिएको औषधी व्यवसायीहरु बताउँछन् ।

काफ्लेको समूहबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना, थोक उपाध्यक्षमा सुदिनध्वज श्रेष्ठ, महासचिवमा लक्ष्मण माझी र सहकोषाध्यक्षमा पुष्पराज पोखरेल रहेका छन् । अहिले प्रदेशमा उम्मेदवारी दिएका पाँचै जना मोरङका रहेका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार तिम्सिना यसअघि एनसीडिए मोरङका पूर्व अध्यक्ष हुन् भने महासचिवका उम्मेदवार माझी कोशीका पूर्वअध्यक्ष र सह–कोषाध्यक्षका उम्मेदवार एनसिडिए मोरङका निर्वतमान उपकोषाध्यक्ष रहेका थिए । मोरङबाट उम्मेदवारी दिएका पाँचै जनालाई विजयी गराउन एनसीडि मोरङ एकढिक्का हुने निर्णाय गरेको छ ।

संघको भवनमा आज भएको बैठकले मोरङबाट उम्मेदवारी दिएका पाँच जनालाई विजय गराउने निर्णाय गरेको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । ‘मोरङबाट उम्मेदवारी दिएका पाँचै जनालाई जिताउनको लागि हामी लागि पर्नेछौं । कार्यसमितिको बैठकले मोरङबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजय गराउनको लागि निर्णाय पनि भएको छ ,’ अध्यक्ष ढकालले भने, ‘बिहीबारदेखि मतदातासँग पुगेर भोट माग्ने अभियान पनि सुरू हुनेछ ।’ अध्यक्षका उम्मेदवार काफ्लले आफ्नो चुनावी एजेन्डा सुनाउँदै जिल्ला जिल्लामा पुगेर औषधी व्यवसायीहरुसँग भोट माग्ने बताए ।

एनसीडि कोशी प्रदेशमा पाँच पदमा चुनाव हुन लागेको छ । काफ्लेसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने नगेन्द्रप्रसाद बराल रहेका छन् । बरालको समूहबाट वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद कोइरालाले उम्मेदवारी दिएका छन् । त्यसैगरी थोक उपाध्यक्षमा खेमराज बस्नेत, महासचिबमा रविन्द्र घिमिरेले र उपकोषाध्यक्षमा सेवक दाहालको उम्मेदवारी रहेको छ ।

एनसीडि कोशीमा १३१ जना मतदाता रहेका छन् । जसमध्ये सबैभन्दा बढी मोरङमा रहेका छन् । मोरङमा मात्रै २२ जना मतदाता रहेको बुझिएको छ ।

उपाध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित
एनसीडिए कोशी प्रदेशको खुद्राका उपाध्यक्ष दिलिप सुवेदीसहित १२ जना निर्विराध निर्वाचित भएका छन् । हाज भएको उम्मेदवारी दर्तामा खुद्रा उपाध्यक्षमा सुवेदीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुन भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा प्रभातकुमार श्रेष्ठ, सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै थोक सदस्यमा शरद गौतम, खेमलाल काफ्ले, खुद्रा सदस्यमा यामकुमार खड्का, बेदबहादुर थापा, खुल्ला सदस्यहरुमा सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर