AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा सुरु भयो विराट एक्स्पो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ माघ २०८१, शनिबार १८:३९
297
Shares
विराटनगर / विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको आठौं विराट एक्स्पो(२०२५ सुरु भएको हो ।

आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे ।

एक्स्पोको उद्घाटन गर्दै उनले एक्स्पोले अर्थतन्त्रलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन संघीय सरकारले नीति निर्माण गर्नुपर्ने बताए ।

उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालका अनुसार नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ६८ स्टल मेलमा छन् । एक्स्पोमा २ हजार ५ सय विद्यार्थीलाई सिपमूलकतालिम दिने तयारी छ ।

एक्स्पोमा बजार प्रवर्धनकै लागि मेरो देश मेरै उत्पादन, विजनेश क्लिनिक, क्यूसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, वैैदेशिक लगानीको प्रक्रियालगायत उद्योग व्यवसायसँग सम्बन्धित सबै सूचनाहरु भएको एकीकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जी ईफिसियन्सी कार्यक्रम, इण्डष्ट्रिज एकेडेमियालगायत संगठनका कार्यक्रमहरुको डिजिटलाइजेशन भर्सनसहितको स्टल छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर