AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अरनिको कलेजले जित्यो हिसान क्रिकेटको चौथो उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०८१, बुधबार १६:४८
621
Shares
पुष्पराज थपलिया
विराटनगर / अरनिको कलेजले हिसान क्रिकेटको उपाधि जितेको छ । योसँगै कलेजले चौथापटक उपाधि जितेको हो ।

उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई अरनिकोले ५८ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १५ रनको योगफल बनायो । अरनिकोका सुरज झाले २५ रन बनाउँदा नुर अहमदले २० रन, रामनारायण यादवले १६ रन र सोनु साहले १३ रनको योगदान दिए । ग्रिनल्याण्डका गणेश यादव, अमित चौधरी र कुष्ण चौधरीले २–२ विकेट लिए ।

जवाफमा १ सय १६ रनको चुनौती पाएको ग्रिनल्याण्डले १९ ओभरमा सवै विकेट गुमाई ५७ रनमा सिमित भयो । ग्रिनल्याण्डका शुसिल यादवले सर्वाधिक १२ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ फाइनल नुर अहमदले ४ ओभरमा १३ रन दिएर ४ विकेट लिँदा रामनारायण यादव र अमर यादवले २–२ विकेट लिए ।
प्रतियोगिताको प्लेयर अफ सिरिज ग्रिनल्याण्डका गौरीशंकर माझी घाषित भ एभने उत्कृष्ट ब्याटर मेरिल्याण्डका कृष्ण देव र उत्कुष्ट बलर विकेभिएमका आकाश चौधरी घोषित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर