विराटनगर/ साहारा नेपाल साकोस विराटनगर सेवा केन्द्रले ६ महिनामा १ करोड ५७ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ ।
सुनसरीको बर्जु गाउँपालिकाको बर्जु तालमा आज भएको साहारा नेपालको अर्धवार्षिक समिक्षा कार्यक्रममा यस्तो जानकारी गराएको हो ।
साहारा नेपाल साकोस विराटनगर सेवा केन्द्रले ८७ करोड ९५ लाख १ हजार ऋण लगानी गरेको छ । निक्षेप संकलन ७१ करोड १४ लाख ९३ हजार रुपैयाँ गरेको साहारा नेपाल साकोस विराटनगरका अनुगमन अधिकृत रतनकुमार तिम्सिनाले जानकारी दिए । सोही अवसमार साकोसको विराटनगर सेवा केन्द्र अन्तर्गतका १० वटा शाखा रहेको छ । उत्कृष्ट कारोवार गर्ने पाँच वटा शाखालाई सम्मान गरेको छ । यसरी सम्मानित हुने शाखाहरुमा सुनसरीको हरिनग्रहा, चिमडी, भमरी, मोरङका रंगेली र कटहरीको सेवा केन्द्रलाई सम्मान गरेको छ । यस्तै पाँच जना कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुने कर्मचमरीमा विजयकुमार साह, ओमनारायण चौधरी, डेबिट बानिया, दिनाकुमारी चौधरी र रमेश सरदार रहेका छन् ।
साहारा साकोसको विराटनगर सेवा केन्द्र अन्र्गत २० हजार ८ सय ८९ जना सदस्य रहेका छन् । उक्त साकोसले विना धितो ६ लाख रुपैयाँसम्म ऋण लगानी गर्दै आएको छ । झापामा केन्द्रीय कार्यालय रहेको साहाराको प्रदेश १ को १२ वटा जिल्लाहरुमा शाखा कार्यालयहरू रहेका छन् ।
तपाईको प्रतिक्रिया