पूर्वाञ्चल खबर
इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई गाँजासहित पक्राउ गरेको सुनसरीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका मध्ये बुलबुल यादवको घरमा गाँजा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा आइतबार ९आज० बिहान १ः३० बजेतिर ९बिहानका राति० घर कोठामा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा फेला परेको थियो ।
प्रहरीले गाँजासँगै प्र। १–०२–००१ प ९९९९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई बरामद गाँजा र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।