RUMPUM
animated ellipse animated ellipse

विराटले मनायो वार्षिक उत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० चैत्र २०७८, बुधबार १९:०२
324
Shares
विराटनगर / विराटनगरस्थित विराट नर्सिङ होमले २८ औं वार्षिक उत्सवमा विविद्य कार्यक्रम आयोजना गरि मनाएको छ । हस्पिटल परिसरमा आज विभिन्न कार्यक्रम आयोजना गरि वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवको अवसर पारेर हस्पिटलमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तादान गरेको अस्पतालका मार्केटिङ्ग प्रमुख अमित कुमार कुसहाले जानकारी दिए । सोही दिन अस्पतालका अध्यक्ष बस्ने अपिस पनि उद्घाटन गरिएको छ । अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले अपिसको उद्घाटन गरेका हुन् ।

वार्षिक उत्सवको अवसरमा हस्पिटल स्थपाना भएदेखि हालसम्म कार्यरत २० जना कर्मचारीहरूलाई सम्मान गरिएको छ । एक भव्य समारोहको बिच २० कर्मचारीहरूलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको मार्केकेटिङ्ग प्रमुख कसुहालले जानकारी दिए ।

वार्षिक उत्सवको अवसर पारेर एक हप्तासम्म अस्पतालमा ओपीडि सेवा निःशुल्क राखेको छ । चैत ३० देखि वैशाख ७ गतेसम्म अस्पतालले प्रदान गर्ने सम्पूर्ण ओपीडि सेवाहरू निःशुल्क रहेको अस्पतालले जनाएको छ । यस्तै सुगर जाँच र इसीजी सेवाहरू पनि निःशुल्क रहेको छ । एक महिनासम्म अन्य ल्याब सेवाहरूमा १५ प्रतिशत छुट दिएको मार्केटिङ्ग प्रमुख कुसहाले जानकारी दिए । ल्याब सेवा वैशाख ३० गतेसम्म छुट दिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर