खबर पूर्वाञ्चल
काठमाण्डौ /नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण थपिएका छन् । देशका विभिन्न भागमा गरिएको परीक्षणमा थप ९ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङका ३ जना वीरगञ्जमा ४ जना तथा काठमाण्डौ र उदयपुरमा १–१ जना रहेका छन् । वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएको हो ।
त्यस्तै काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पनि पोजेटिभ आएको छ भने उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।