महानगर सफा बनाउन सहयोग गर्न सबैलाई आग्रह गर्दछु : मेयर

खबर पूर्वाञ्चल, १४ आश्विन २०७९, शुक्रबार १५:४८
207
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाई विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ ।

अभियानअन्तर्गत आज विराटनगर वडा नम्बर १ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाई गरिएको छ । झाडु बोकेर महानगरका मेयर नागेश कोइराला सफाई अभियानमा आफैं खटिएका थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, विराटनगर वडा नम्बर १ को समन्वयमा भएको अभियानमा विराटनगर–१ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ४ का जितन थापा, ५ का सन्तोष न्यौपानेसहित कर्मचारी, नगर प्रहरीलगायतको सहभागिता रहेको थियो ।

महानगरको सफाई विशेष अभियानमा स्थानीयले समेत साथ दिएका थिए । घर–घरबाट निस्किएर स्थानीयले सडक, फुटपाथ र नालीको सरसफाई गरेका थिए । “हामी सबै मिलेर काम ग¥यौं भने पक्कै पनि महानगर सफा, सुन्दर, हरियाली बन्नेछ,” महानगरका मेयर नागेश कोइरालाले भने, “कम्तीमा आफ्नो घर, पसल र कार्यालय अगाडि सफा राख्ने बानी गरियो भने महानगर त्यतिकै सफा हुन्छ ।”

मेयर कोइरालाले अहिले सरसफाईलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बाहिरबाट आउने आगन्तुकले पहिलो पटक त सहरलाई नै हेर्ने उनको भनाइ छ । फोहोर भयो भने पहिलो पटक बाहिरबाट आउने मानिसमा नकारात्मक प्रभाव पर्ने कोइरालाले बताए । उनले सरसफाई अभियानमा सहभागी हुन उनले महानगरवासीलाई आह्वानसमेत गरे ।

सरसफाई विशेष अभियानमा जनसहभागिता बढ्दै गएको वडा नम्बर १ का अध्यक्ष काजी बस्नेतले बताए । वडा नम्बर १ ले समन्वय गरेको शुक्रबारको अभियानमा स्थानीयको उल्लेख्य सहभागिताले आफूहरु उत्साहित भएको उनको भनाइ थियो । महानगरले विराटनगरलाई उत्तरी, मध्ये र दक्षिणी क्षेत्रमा बाँडेर हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५