खबर पूर्वाञ्चल
पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो ।
विराटनगर जुट मिलको खेलमैदानमा आजको पहिलो खेलमा दिल्लीले दिएको १ सय ३१ रनको विजय लक्ष्य पछ्याएको मिल्सले ११ दशमलव २ बलमा ५ विकेट गुमाई पूरा गर्यो । मिल्सका नेपालका अन्तराष्ट्रिय खेलाडी पवन सरापले २६ बलमा ५९ रनको बनाए । अर्का नेपालका अन्तराष्ट्रिय खेलाडी सुनिल धमालले ३३ रन बनाए । दिल्लीका अंकित रोय, रोहित त्रिपाटीले समान २–२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले १८ दशमल ४ बलमा सवै विकेट गुमाई १ सय ३० रन बनाएको थियो । दिल्लीका यबुदिप यादवले ३८ रन बनाउँदा मोहित पाण्डेले २५ रन बनाए । मिल्सका नेपालका पूवै नेपालका अन्तराष्ट्रिय खेलाडी मन्जित श्रेष्ठले ३ दशमल ४ बलमा सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा बैशालु क्रिकेट क्लब पटनालाई २ सय २७ रनको फराकिलो अन्तरले पराजित गर्दै नरपथगञ्ज क्रिकेट क्लब विहार विजयी भई सेमिफाइनलमा पुगेको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको नरपथगञ्जले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३ सय १६ रनको विशाल योगफल खडा गरेका थिए । नरपथगञ्जका अभिषेक पाठकले ८२ रन, भानु आन्नदले ५९ रन र साहिल कुमार ५७ रनमा अविजित रहे । पटनाका अभिषेक पाठक, दिव्य सिंह र साहिल कुमारले समान २–२ विकेट लिए ।
जवाफमा ३ सय १७ रनको विशाल लक्ष्य पछ्याएको बैशालुले १४ दशमलव २ बलमा सवै विकेट गुमाई ८९ रनमा सिमित भयो । वैशालुका शिवम शर्माले २२ रन, महिन यादवले १७ रन र अरोज आलमले ११ रनको योगदान दिए ।
नरपथगञ्जका फुर्सिद अनुहरले ४ विकेट लिए । मुस्कान आलम र गोनु मण्डलले समान १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच नरपथगञ्जका अभिषेक पाठक घोषित भए ।
बुधबारको पहिलो खेल मिल्स क्रिकेट क्लब र ओसिस क्रिकेट क्लब काठमाण्डौ बिच हुनेछ । दोस्रो खेल एनबीएससी क्रिकेट क्बल विराटनगर र लयर वाइआरसिसी क्रिकेट क्लब विराटनगरबीच हुने आयोजकले जनाएको छ ।