पूर्वाञ्चल खबर
सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उनीहरुलाई सम्मान गरेका छन् । १३ जनालाई सम्मानित गर्दै प्रदेश प्रमुख अधिकारीले महिलाहरुले व्यापकता भन्दा गहिराईमा जानु पर्नेमा जोड दिए । उनले देश बनाउने नयाँ सोच र उद्देश्य लिएर असल नागरिक बन्न आग्रह गरे ।
आन्तरिक मामिला तथा कानून एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले महिलाले नेतृत्व गरेका स्थानमा व्यवस्थापन उत्कृष्ठ रहेको बताए । महिला नेतृत्व सफलताको घोतक भएको उनले बताए ।
सामाजिक विकास मन्त्रालय र विभिन्न सामाजिक संघ संस्थाहरुको आयोजनामा भएको कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरको मुख्य भागको परिक्रमा गरेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए ।