animated ellipse animated ellipse

विआइएममा नेपाल टप गर्ने आस्मा र कोशी प्रदेश टप गर्ने सपनालाई हिमालय दर्शन कलेजको सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ बैशाख २०८०, आईतवार ११:४१
684
Shares
विराटनगर / त्रिभूवन विश्व विद्यालयले लिएको ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (विआइएम) तेस्रो सेमेस्टरको परीक्षामा नेपाल टप गर्ने विराटनगरस्थित हिमालय दर्शन कलेजका छात्रा आस्मा तुलाधार र कोशी प्रदेश टप गर्ने सपना झालाई सम्मान गरिएको छ ।

हिमालय कलेजले आज विहान एक कार्यक्रमको बीच आस्मा र सपनालाई नगदहित सम्मान गरेको हो ।

शुक्रबार प्रकाशित भएको नतिजा अनुसार आस्माले विआइएम तेस्रो सेमिस्टरको परीक्षामा ४ जिपिए ल्याएर नेपाल टप गरेकी छिन् भने यस्तै सपनाले ३.९४ जिपिए ल्याएर कोशी प्रदेश टप गरेको कलेजले दाबी गरेको छ । टप गर्ने दुवै विद्यार्थीले प्लसटु विराटनगरस्थित शिक्षादीप कलेजबाट गरेर हिमालय दर्शनमा विआइएम पढदै आएका हुन् । उनीहरुले पहिलो र दोस्रो सेमिस्टरमा पनि उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण भएका थिए ।

नेपाल टप गर्ने छात्रा आस्मालाई नगद २१ हजार र कोशी प्रदेश टप गर्ने सपनालाई कलेजले नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरेको गरेको थियो । आस्माको वुवा विरेन्द्रराज तुलाधार र सपनाको अभिभावक रुपेश झालाई पनि सम्मान गरियो । उनीहरूलाइ कलेज प्रमुख भरत सापकोटा, संस्थापक निर्देशकहरु शैलेन्द्रराज शिवाकोटी, ज्ञानबहादुर खड्का, भेषराज पोखरेललगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै आस्माले मेहनतको कारणले आज आएर सफलता पाएको बताइन् । कलेजका शिक्षकहरुले दिएको गुणस्तरीय शिक्षा व्यवर्हारमा उतारेको कारणले आज सफलता मिलेको उनले बताइन् । यो सफलताको श्रेय शिक्षक र अभिभावकहरुलाई दिने उनले बताइन् ।

कार्यक्रममा कलेज प्रमुख भरत सापकोटाले गुणस्तरीय शिक्षामा हिमालय दर्शन कलेजले कुनै पनि कसुर बाँकी नराखेको बताए । गुणस्तरीय शिक्षा सँगै रोजगारमुलक शिक्षा दिन हिमालय दर्शन कलेज अगाडी रहेको उनले बताए ।

कार्यक्रममा कलेजका संस्थापक निर्देशक शैलेन्द्रराज शिवाकोटीले विआइएममा नेपाल टप र कोशी प्रदेश टप गर्ने विद्यार्थीलाई सफलताको शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर