animated ellipse animated ellipse

आगामी आर्थिक वर्षको बजेटका लागि महानगरद्वारा सुझाव संकलन 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७९, बुधबार १७:२८
108
Shares
विराटनगर / आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित पूर्वबजेट छलफल तथा सुझाव संकलन सुरु गरेको छ ।
महानगरले आज सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आगामी आर्थिक वर्षका लागि पूर्व वजेट छलफल आयोजना गरेको हो । पूर्व वजेट छलफलमा आएका सुझाव अनुसार आगामी वर्षको बजेट निर्माणमा लाग्नका लागि समयमै सुझाव संकलन सुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, लेखा प्रशासन महाशाखा प्रमुख संजीव भट्टराईलगायत विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा  सहभागीहरुले बजेट निर्माण गर्दा आयमूलक, सीपमूलक तथा रोजगारीमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिएका थिए ।
सो अवसरमा गैरसरकारी संस्था मोरङकी अध्यक्ष विष्णु शर्मा, सेतो गुराँस अध्यक्ष सरु केसी, हाम्रो समाजका अध्यक्ष अनुप सापकोटा, रिचमन्ट फेलोसिपका संजीव चापागाईं, नारी विकास संघकी अध्यक्ष सीता शर्मा, माइती नेपालका कोशी प्रदेश संयोजक विनोद पोखरेल, सिविनका प्रदेश संयोजक वासु अधिकारी, सगरमाथा सामुदायिक विकास केन्द्रका दीपक राउतलगायतले बेरोजगारी समस्या बढ्दै गएको बताउँदै सीप सिकेर स्वरोजगार हुने गरी बजेटलाई प्राथमिकतामा राख्न सुझाव दिए । त्यस्तै उनीहरुले महिला हिंसामा परेकाहरुलाई राख्नका लागि अल्पकालीन आवासगृह महानगरले व्यवस्थापन गर्नुपर्ने, सामाजिक संघसंस्थाको क्षमता विकासमा ध्यान दिनुपर्ने लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्न विद्यालयस्तरदेखि नै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायत सुझाव दिएका थिए । महानगरले गरिरहेको ट्राफिक व्यवस्थापन अत्यन्तै राम्रो र प्रभावकारी भएको भन्दै सहभागीहरुले आफ्ना निर्णयमा अडिग रहन उनीहरुले आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर