AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दृष्टिबिहीन हुनबाट जोगाउन सचेतना आवश्यक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ पुष २०७७, सोमबार १८:४६
360
Shares
विराटनगर / दृष्टिीबिहन हुनबाट जोगाउन सचेतना आवश्यक रहेको एक कार्यक्रममा सहभागिहरूले बताए ।

विराटनगर आँखा अस्पतालले बालवालिकाहरुको आँखामा हुने समस्या आरओपीको औपचारिक रूपमा सेवा सुरू गरेको आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि दिएको जानकारीमा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले दृष्टिबीहिन हुनबाट जोगाउन विराटनगर आँखा अस्पताल सुरू भएको आरओपीले ठूलो भूमिका खेल्ने बताए । प्रमुख पराजुलीले दृष्टिबीहिन हुनबाट जोगाउन सचेतना मूलक कार्यत्रम संचालन गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रध्यापक सन्जयकुमार सिंहले बच्चामा देखिने अन्धोपन हटाउन सचेतना मूलक कार्यक्रम संचालन गरिन जरुरी रहेको औल्याए । मोतीयाबिन्दु पछि बाल दृष्टिबीहिन बढी देखिन थालेकोले यसको नियन्त्रणमा सबै लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा विराटनगर आँखा अस्पतालका अध्यक्ष पदम नारायण चौधरीले दातृ निकायको सहयोगमा अस्पतालमा आरओपीको उपचार सुरु गरेको जानकारी गराए । प्रदेश १ मा पहिलो पटक आरओपीको सेवा विराटनगर आँखा अस्पतालमा सुरु गरेको उनले बताए । कार्यक्रममा नेत्रज्योती संघ मोरङका अध्यक्ष बिजयहरी शर्माले दृष्टिवीहिन हुनबाज जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर