AArya
RUMPUM
animated ellipse animated ellipse

प्रभावित बालिकालाई अध्ययनको लागि सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ आश्विन २०७८, सोमबार १७:५३
396
Shares
विराटनगर / साना हातहरू नेपाल विराटनगर मोरङले एक जना प्रभावित बालिकलाई अध्ययनको लागि आर्थिक सहयोग गरेको छ ।

साना हातहरू नामक संस्थाले सुनसरीको रामधुनी नगरपालिका – ५ की कृतिका आचार्यलाई उच्च शिक्षा अध्ययन गर्नको लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । सहयोग रकम आज हस्तान्तरण गरिएको छ ।

कक्षा ११ मा अध्ययरत आचार्यलाई उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले सहयोग प्रदान गरेको साना हातहरू विराटनगरका प्रमुख विवश श्रेष्ठले जानकारी दिए । सहयोग रकम इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले हस्तान्तरण गरे । सोही अवसमार प्रहरी निरीक्षक राउतले पनि आचार्यलाई उच्च शिक्षा अध्ययनको लागि नगद पाँच हजार रुपैयाँ सहयोग गरेका थिए ।

छात्रा आचार्य प्रभावित बालिका हुन् । साना हातहरू नामक संस्थाले बालवालिका बेचबिखन विरूद्धको अभियानमा विगत १२ वर्षदेखि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर