RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा सरकारी लेखांकन प्रणालीबारे तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०७७, शनिबार १८:२९
648
Shares
विराटनगर / प्रदेश १ अन्तर्गतका कार्यालयहरूका आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरूलाई सरकारी लेखांकन प्रणालीबारे क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कार्यान्वयन इकाईले प्रदेश लेखा नियन्त्रक कार्यालयको सहयोग तथा सहजीकरणमा तालिम सञ्चालन गरेको हो । विराटनगरमा ४ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन मुख्यमन्त्री तथा मन्त्री परिषद्काको कार्यालयका प्रमुख सचिव दिनेश भट्टराईले उद्घाटन गरे । तालिममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासकिय सुधार महाशाखाका सचिव सरोजप्रसाद गुरागाइँ,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार खत्री, प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दामोदर खत्रीलगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए ।

तालिममा प्रदेशका विभिन्न कार्यालयमा कार्यरत लेखा अधिकृत, लोखापाल, सह–लेखापाल गरी ३१ जनाको सहभागिता छ । तालिममा प्रादेशिक कार्यालय तथा मन्त्रालयहरुमा कार्यरत लेखा एवं आर्थिक प्रशासन शाखाकाकर्मचारीहरुलाई सरकारी लेखा प्रणाली कार्यान्वयनका क्रममा आइपरेको समस्या र समाधान बारे छलफल तथा प्रयोगात्मक प्रशिक्षण गराईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर