खबर पूर्वाञ्चल
कोशी अस्पतालको ल्याबमा गराएको पिसिआर रिपोट अनुसार नर्सलाई आज कोरोना संक्रमण पुष्टि देखिएको हो । सामुदायस्तरमा कोरोना भाइरस फैलिएपछि विराटनगर महानगरपालिकाले तीन स्थानमा संक्रमित राख्ने आइसोलेशन बनाएको छ । मारवाडी सेवा सदन, कालि मन्दिर र विराटनगर १९ स्थित स्वास्थ्य चौकीको भवनमा आइसोलेनमा बनाएको छ । उक्त आइसोलनमा राखिएको संक्रमितहरूको स्वास्थ्य अवस्थामा बुझन खटिएको एक जना नर्समा संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलले जानकारी दिए ।
विराटनगरमा आज ३३ जना संक्रमित थपिएका छन् ।