ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सगरमाथा स्कुलका पूर्व विद्यार्थी अमर भए वैज्ञानिक, स्कुलले गर्यो सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०८१, बुधबार १०:४३
459
Shares
विराटनगर / विराटनगर स्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलबाट माध्यमिक शिक्षा एसएलसी उत्तीर्ण गरेका एक जना विद्यार्थी वैज्ञानिक भएपछि स्कुलले सम्मान गरेको छ ।

सगरमाथा स्कुलका पूर्व विद्यार्थी अमर गुप्ता युवा वैज्ञानिक भएपछि स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि सम्मान गरिएको हो ।

युवा वैज्ञानिक गुप्तालाई सगरमाथा स्कुलका भाइस प्रिन्सिपल रोहिणी रमण दवाडीले सम्मान गरे ।

नानो टेक्नोलोजीमा आधारित पकेट ए–क्सरे मेसिन अविष्कार गरेको बताएका गुप्ताले वाङ्गी विश्वविद्यालय उत्तर कोरियाबाट पूर्ण छात्रबृत्तिमा ब्याचलर डिग्रीदेखि पीएचडी उपाधीसम्म प्राप्त गरेका छन् । हाल हार्डवर्ड विध्वविद्यालय अमेरिकामा पोस्ट ९डक्टरेट रिसर्च० गरिरहेको उनले बताए।

कार्यक्रममा बोल्दै भाइस प्रिन्सिपल दवाडीले विद्यालयले उपयुक्त वातावरणमा गुणस्तरीय शिक्षा र मेहनत गर्ने संस्कार दिएको कारणले विद्यार्थीले सफलता हात पारेको बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन विद्यालयले कुनै पनि कसुर बाकी नराखेको उनले बताए । कार्यक्रममा पूर्व विद्यार्थी गुप्ताले माता पिताको आशीर्वाद तथा सगरमाथाका शिक्षकहरुको मेहनत र उत्प्रेरणाको कारण आज आफूले प्राप्त गरेको सफलताको श्रेय आफूलाई सधै उत्प्रेरित गर्ने माता पिता र गुरुहरु तथा शिक्षाको जग बसाली दिने सगरमाथा स्कुललाई जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर