खबर पूर्वाञ्चल
मदन भण्डारी फाउण्डेसनले आज काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले भदौ १ गते हुने एमालेको विधान महाधिवेशनमा प्रतिनिधि मात्रै उपस्थित हुन पाउने भएकोले त्यहाँ भण्डारीको उपस्थितिबारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । जवाफमा भण्डारीले महाधिवेशनअघि पार्टीको सर्वाेच्च निकाय केन्द्रीय समिति हुने भएकोले त्यही कमिटीले गरेको निर्णयअनुसार आफ्नो भूमिका तय हुने धारणा राखेकी हुन् ।
‘असार १४ गते बोल्ने क्रममा आफ्नो कुरा स्पष्ट राखेकी छु कि मैले एमाले सदस्यता नवीकरण गरेकी छु’ उनले भनिन्, ‘एमाले पार्टी परिवारमा जोडिएकी छु यहीं सक्रिय भएर देशको सेवा गर्ने स्पष्ट पारिसकेकी छु ।’ उनले थपिन, ‘कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले निर्णय गर्ला, महाधिवेशन अघि केन्द्रीय समिति माथिल्लो निकाय हो त्यसले के निर्णय गर्छ भन्नेमा भर पर्छ ।’